काठमाडौं, १ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ।हाल देशको पश्चिम र पूर्वको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ |
जेठ १ गते (बिहीबार)
दिउँसोः देशको पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भू-भागका केहि स्थानहरु मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वीका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ ३ गते (शनिबार)
दिउँसोः देशको पहाडि भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु तथा पश्चिमी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।