Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री शाहीलाई गृह जिल्लामै कालो झण्डा देखाएर विरोध


    बिहिबार, असार १० २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ ।

    आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् । 

    शाहीसँगै भूमी, व्यवस्था, कृषि, सहकारीमन्त्री कुर्मराज शाही पनि कालिकोट पुगेका थिए । सरकारी बजेटको दुरुपयोग गरी हेलिकप्टर चढेर जिल्ला आएको भन्दै विद्यार्थीले विरोध गरेको बताइएको छ ।

     विरोध प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीसँगको सामान्य झडपमा दुई प्रदर्शनकारी घाइते भएका पनि बताइएको छ। यसअघि पनि मुख्यमन्त्री शाहीलाई पटक–पटक कालोझण्डा देखाउने गतिविधिहरु भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार