Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • ओली सरकारविरुद्ध पाँच विद्यार्थी संगठनद्वारा प्रदर्शनीमार्गमा विरोध प्रदर्शन


    बिहिबार, असार १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँच विद्यार्थी संगठनहरुले बिहिबार काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरेका छन् ।

    विपक्षी गठबन्धन दल निकट विद्यार्थी संगठनहरुले आज दिउँसो प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेका हुन् । 

    नेपाली कांग्रेस निकट नेवि संघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन,  राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । 

    कोरोनाभाइरसको संक्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् । गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार