Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाको ठाकुर-महतो पक्षका नेता बैठक बस्दै, के- के छन् एजेण्डा ?


    बिहिबार, असार १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताहरू आज छलफल गर्न लागेका छन् ।

    दिउँसो १ बजे बबरमहलमा उनीहरू समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफलमा जुट्न लागेकाे पर्यटन मन्त्रीबाट पदमुक्त भएका जसपा नेता उमाशंकर अरगरियाले जानकारी दिए ।

    जसपाको ठाकुर पक्ष नेता राजेन्द्र महतोसहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गएको जसपाको ठाकुर पक्षका नेता राजेन्द्र महतो उपप्रधान तथा सहरी विकास मन्त्री भएका थिए ।

    जसपाबाट दुई राज्यमन्त्री र ९ जना मन्त्री भएका थिए।

    तर सर्वोच्चले अन्तरिम आदेश दिएसँगै १९ दिनमै मन्त्रीहरू पदमुक्त भएका छन् । मंगलबार पदमुक्त भएका मन्त्रीहरू र नेताहरू अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुट्न लागेका स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार