Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • भीम रावलका कारण नेकपाको स्थायी समिति बैठक स्थगित 


    बुधबार, बैशाख ३१ २०७७
    1.5K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक अचानक स्थगिथत भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्यहरुको स्वाब परीक्षण नगरिएको बहाना बनाएर आजको बैठक स्थगित गरेका छन् ।

    स्थायी समिति सदस्य तथा पूर्व गृह र रक्षामन्त्री रहिसकेका भीमबहादुर रावलका सुरक्षा गार्डमा कोरोना संक्रमण देखिएकाले पनि आजको बैठक स्थगित गरिएको बताइएको छ । यद्यपि रावलका सुरक्षागार्ड एक महिनाअघिदेखि बिदामा थिए । रावलका सुरक्षागार्डमा देखिएकाले उनीसँगै ड्युटीमा रहेका अरुमा समेत टेष्ट नगरेसम्म ढुक्क हुने अवस्था नभएकाले बैठक नै स्थगित गर्ने निष्कर्षमा अध्यक्ष ओली पुगेको बताइएको छ । रावलका सुरक्षागार्डमा संक्रमण पुष्टी भएपछि मन्त्रीदेखि नेताका सुरक्षागार्डहरुको समेत कोरोना परीक्षण गर्नैपर्ने देखिएको छ ।

     स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले स्थायी समिति सदस्यहरुको पीसीआर टेष्ट नगरिएकाले बैठक स्थगित गरेको सूचना दिइएको प्रतिक्रिया दिएका छन् । उनले भने–‘स्थायी कमिटी सदस्यहरुको स्वाब परीक्षण हिजो अस्ति पनि गर्न सकिन्थ्यो । आज त्यो कुरा ल्याउने भनेको बहानामात्रै हो, बैठक राख्ने मनसाय नभएको देखिन्छ ।’

    नेकपाको स्थायी समिति बैठक बैशाख २६ गते राखिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओली बीचैमा उठेर हिंडेपछि पुनः ३१ गते बोलाइएको थियो । अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सल्लाह गरेरै आजको बैठक बोलाइएको थियो । तर मंगलबार कोरोना संक्रमित ८३ जनामध्ये १ जना पूर्व उपप्रधानमन्त्री रावलका सुरक्षागार्ड रहेको खुलेपछि स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट नगरिएको भन्दै बैठक स्थगित गरिएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार