Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन


    शुक्रबार, असार ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
    शुक्रबारको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाही नेतृत्वको सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो ।

    गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार