Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • इटाली युरोकपको नकआउट चरणमा प्रवेश


    बिहिबार, असार ३ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इटाली युरोकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । 

    समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३–० गोलले हराएसँगै  इटाली नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।

    इटालीको जितमा मानुएल लोकातेलीले दुई तथा चिरो इम्मोबिलेले एक गोल गरे ।

    लोकातेलीले खेलको २६औँ र ५२औँ तथा इम्मोबिलेले ८९ औँ मिनेटमा गोल गरेका थिए । स्वीट्जरल्याण्डले गोल गर्ने मौका सिर्जना गर्न सकेन ।

    लगातार दुई खेलमा जित निकालेको इटालीको ६ अंक भएको छ र उसले नकआउट चरणका लागि स्थान पक्का गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार