एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा वेल्सले पहिलो जित निकालेको छ ।
बुधबार राति भएको समूहको दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो ।
बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले समान एक एक गोल गरे ।
खेलको ४३ औं मिनेटमा राम्सेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयको पाँचौ मिनेटमा रोबर्ट्सले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए ।
यस जितसँगै समूह ‘ए’ को वेल्सले २ खेलमा ४ अंक जोडेको छ । र, वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।