Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीका समाजसेवी भट्टराईले चितवनमा गरे सहयोग


    मंगलबार, बैशाख ३० २०७७
    710
    Shares
  • २ मिनेट पाठ
  • धादिङ, ३० बैशाख । सुनसरी दुहबीका समाजसेवी सुमन भट्टराईले चितवनमा लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्यसामग्री सहयोग गरेका छन् । 

    भट्टराईले १२ हजार किलो चामल पूर्व अर्थमन्त्री एवं चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभामा निर्वाचित सुरेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन् । भट्टराईले १० केजीका १२ सय बोरा अर्थात् १२ हजार चामल राहतका लागि सुनसरीको दुहबीबाट चितवन पठाएका हुन् । सांसद पाण्डेका स्वकीय सचिव केशव कँडेलले सो चामल चितवनका राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकालाई ४ सय बोराका दरले हस्तान्तरण गरिएको जानकारी दिए ।

    सहयोग गरिएको चामल भट्टराईले दुहबीबाट चितवन पठाएका हुन् । चामल तीनवटा नगरपालिकामा लकडाउनका कारण खाद्य अभाव भएकालाई बितरण गरिने छ । राहत बितरणका लागि सरकारले एकद्वार नीति बनाएकाले चामल नगरपालिकालाई हस्तान्तरण गरिएको कँडेलले जानकारी दिए । चामल नगरपालिकामार्फत् लकडाउनका कारण खाद्य अभाव खेपिरहेका मजदुर तथा विपन्न परिवारलाई बितरण गरिनेछ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ । विगत लामो समयदेखि जारी लकडाउनका कारण गरिब, विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफुले सक्दो सहयोग गरेको समाजसेवी भट्टराईले बताए । सरकारले एकद्वार नीतिबाट राहत बितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए ।

    भट्टराईले यसअघि पनि ताप्लेजुङ, सुनसरी तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्रमा खाद्य सामग्री सहयोग गरेका थिए । त्यस्तै दुहबी नगरपालिकालाई राहतका लागि १ लाख नगद सहयोग गरेका थिए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार