Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हल्लाको भरमा सेयर लगानी नर्गन धितोपत्र बोर्डको अनुरोध, ५१ कम्पनीको लगानी जोखिममा


    मंगलबार, असार १ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्दा विचार पुर्याएर मात्र लगानी गर्न आग्रह गरेको छ । मंगलबार एक विज्ञप्ति निकाल्दै बोर्डले धितोपत्र बजार जोखिम मूक्त नरहेकोले विचार पुर्याएर मात्र लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको हो ।

    बोर्डले बजारमा चलेको हल्लाको भरमा लगानी गर्दा लगानी डुब्न सक्ने कुरालाई सबैले ध्यान दिनु पर्ने विज्ञप्तिमा उल्लेख छ । विशेषगरि सम्बन्धीत कम्पनीको वित्तीय अवस्था र आफ्नो जोखिम मूल्यांकन गर्न सक्ने क्षमतालाई ध्यान दिएर लगानी गर्न बोर्डले आग्रह गरेको छ ।

    लगानीकर्ताको हित संरक्षणका लागि भन्दै बोर्डले विज्ञप्ति जारी गरेको जनाएको छ ।

    बोर्डले अहिलेको विषम परिस्थितिमा लगानीकर्ताहरुको बढ्दो आर्कषणले कारोबार रकमा उत्साहा देखिनुलाई सकरात्मक रुपमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार