Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • प्रदेश २ मा ३३ अर्ब ७९ करोडको बजेट सार्वजनिक


    मंगलबार, असार १ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ सरकारलेआर्थिक वर्ष २०७८–०७९ को लागि ३३ अर्ब ७९ करोड १४ लाखको बजेट सार्वजनिक गरेको छ ।

    आज प्रदेससभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले सार्वजनिक गरेको बजेटको कुल चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार र पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

    प्रदेश २ सरकारले यसअघिको  आर्थिक बर्षमा ३३ अर्ब ५६ करोडको बजेट सार्वजनिक गरिएको थियो ।

    बजेटमा १ अर्ब आन्तरिक ऋण परिचालन गरिने मन्त्री यादवले बताए । उनले कोभिड–१९ केन्द्रित बजेट ल्याएको भन्दै जनताको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार