Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  •   उपराष्ट्रपति पुनको स्वाबको नमुना संकलन


    मंगलबार, बैशाख ३० २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं, ३० बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसदको छैटौं अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उनको स्वाब संकलन गरिएको हो । 

    संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज कोभिड–१९ परीक्षणका लागि उनको स्वाबको नमुना सङ्कलन गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ २ गते संघीय संसदमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसअघि उपराष्ट्रपति पुनले आफ्नो कोरोना परीक्षण गराएका हुन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार