Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • एमिकस क्युरीमा सर्वोच्च बारबाट घिमिरे र केसी सिफारिस


    मंगलबार, असार १ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले एमिकस क्युरीका रुपमा दुई जनालाई सिफारिस गरेको छ ।

    आज बसेको सर्वोच्च बारको बैठकले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको कार्यसमिति सदस्य विकास भट्टराईले जानकारी दिए ।

    जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

    उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार