Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप फुटबल : चेक रिपब्लिकको बिजयी सुरुवात


    मंगलबार, असार १ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ ।

    सोमबार साँझ भएको खेलमा स्कटल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले सुखद सुरुवात गरेको हो  ।

    चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक शिकले दुई गोल गरे ।

    खेलको ४२ औं मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    त्यसपछि खेलको ५२ औं मिनेटमा पुन प्याट्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेक रिपब्लिकलाई २-० को जित दिलाए ।

    यस जितसँगै समूह ‘डी’ को चेक रिपब्लिकले महत्वपूर्ण ३ अंक जोडेको छ । चेक रिपब्लिक शीर्ष स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार