Nepal Face
  • आइतबार, १० साउन २०८३
  • के कोरोनाको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ? यस्तो छ स्वास्थ्य मन्त्रालयकाे जवाफ


    सोमबार, जेष्ठ ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाएपछि शरीरमा देखिने असर बारे हल्ला फैलिरहेको छ ।

    छिमेकी देश भारतका एक नागरिक नासिकका अरविन्द सोनारले खोपको दुई डोज लगाए पछि आफ्नो शरीर चुम्बक जस्तै बनेको र धातुहरु टासीन थालेको दाबी गरिरहेका छन् । 

    सोनारले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सो कुरा दाबी गरेका छन् । तर, कोरोना खोपको कारण यस्तो हुनै नसक्ने विज्ञहरुले बताएका बेला नेपालमा पनि यसबारे अनेकौं टिप्पणी हुन थालेको छ। यस्तो चर्चा चलिरहदा स्वास्थ्य मन्त्रालयले अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।  

    मन्त्रालयले खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्तो नहुने बताएको छ । कारोनाको खोप सुरक्षित र प्रभावकारी भएकोले यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने मन्त्रालयले बताउका छ ।

    साथै मन्त्रालयले महामारीको बेलामा भ्रमको पछि नलागी सचेतना फैलाउन आग्रह गरेको छ । 

    1623657965-wrLRt.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार