काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी अब दुई महिना नआउने भएको छ । उपत्यकामा असार १ गते मंगलबारदेखि मेलम्चीको पानी नआउने भएको हाे ।
आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने भएकाले झण्डै दुई महिना मेलम्चीको पानी नआउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्चीको पानी नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ।
एक सूचना जारी गर्दै खानेपानी लिमिटेडले कुन ठाउँमा कहिले खानेपानी वितरण गरिने जानकारी दिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी नआउन्जेलसम्म खानेपानी वितरण गर्न लागेको सूचनामा जनाएको छ ।
