Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार महिनादेखि तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित


    सोमबार, जेष्ठ ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

    चार महिनादेखि तलब नपाएको भन्दै सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका हुन् ।

    ‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्ने नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए ।

    आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उनले दाबी गरे ।

    कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताइन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार