Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुसको कोभिड अस्पतालमा आगलागी, ५ जनाको मृत्यु


    मंगलबार, बैशाख ३० २०७७
    995
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३० बैशाख । रुसको  एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । रुसको सेन्ट पिटर्सवर्ग शहरमा रहेको उक्त अस्पतालमा १ सय ५० मानिसको उद्धार भएको छ ।

    रुसको आपतकालीन मन्त्रालयले आईसीयू कक्षमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनाको मृत्यु भएको जनाएको छ ।

    अहिलेसम्म १ सय ५० मानिसलाई अस्पतालबाट सुरक्षित रूपमा निकालिएको छ । अस्पतालभित्र कति बिरामी छन् भन्ने खुलेको छैन ।

    आगलागीको ठोस कारण पत्ता लागेको छैन । ‘ओभरलोड’लाई पनि आगलागीको कारण ठानिएको छ । रुसको समाचार एजेन्सीले भने भेन्टिलेटरमा भएको सर्टसर्किटको कारण आगलागी भएको जनाएको छ ।

    यसअघि गत शनिबार पनि मस्कोस्थित एक अस्पतालमा आगो लागेको थियो । घटनामा एक बिरामीको मृत्यु भएको थियो ।

    स्रोत : बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार