Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षणमा कोरोना पोजेटिभ


    मंगलबार, बैशाख ३० २०७७
    545
    Shares
  • २ मिनेट पाठ
  • कोहलपुर, ३० बैशाख । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिका ७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिए । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएको र सात दिनपछि गरिएको पुनः परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

    जिल्लामा रहेका उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । हाल सबै बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डा पारस खड्काले जानकारी दिए । नेपालगञ्जमा सात वर्षीयादेखि ६० वर्षीया नागरिकसम्म कोरोना संक्रमण देखिएको छ ।

    यस्तै नेपाल(भारत सीमानाका जोडिएको जिल्लाको जमुनाहलगायत खुला सीमानाकामा लुकिछिपी नेपाल आवतजावत हुन नदिनका सीमा क्षेत्रको निगरानीलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

    जिल्लामा कोरोना संक्रमण जोखिम बढ्दै गएपछि जिप्रकाले सीमाक्षेत्रमा आवागमनमा कडाइ गर्न सशस्त्र प्रहरीको निगरानी बढाइएको जनाइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार