Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पुत्ला जलाउने तीन दर्जन विद्यार्थी प्रकाउ


    सोमबार, बैशाख २९ २०७७
    795
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं,२९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको माइतीघरमा प्रदर्शन गरी पुत्ला जलाउने करिब तीन दर्जन विद्यार्थी पक्राउ परेका छन्। सोमबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)लगायतका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

    ‘सरकार अब व्युँझ, लिपुलेक लिम्पियाधुरा सम्झ, सीमा रक्षा अभियान नेपाल सफल पारौं, युवा शक्ति एक हौँ, सीमा रक्षार्थ जुटौँ , सेना पुलिस दाजुभाइ , देश बचाऔं सीमा गइ जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले लकडाउन र सरकारको विरोध गरेको भन्दै पक्राउ गरेको हो।

    भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भू(भाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्नेसम्मको लचकता देखाउँदासमेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार