Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले नेपालीभूमी मिचेर सडक बनाएकोमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनको भर्त्सना


    सोमबार, बैशाख २९ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २९ बैशाख । भारतले नेपाली भूमि लिपुलेकलगायत क्षेत्र मिचेर सडक निर्माण गरेको कार्यको नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) ले  निन्दा र भर्त्सना गरेको छ ।सुगौली सन्धिले नै उक्त भूभाग नेपालको हो भनी स्वीकारेको विषयमा भारतले एक पक्षीय रुपमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै हस्तक्षेप गरी नेपाली भूमिमा सडक निर्माण गर्नु भारतको हेपाहा प्रवृत्ति भएको डीएलएको टिप्पणी छ ।

    डीएलएका महासचिव लक्ष्मीदेवी दाहाल रावलले विज्ञप्तिमार्फत यस विषयमा सरकार संवेदनशील भएर कूटनीतिक पहललगायत जुनसुकै कदम चाली यथाशीघ्र मिचिएको नेपाली भूमि फिर्ता ल्याएर मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुग्ण राख्न माग गरेकी छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार