Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कास्कीका श्रेस्तेदारविरुद्ध विशेष अदालतमा मुद्दा


    आइतबार, बैशाख २८ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं, २८ बैशाख ।  जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन देखाउँदै घुस लिएको दाबीसहित अख्तियारले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

    सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार