Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  एयर इण्डियाका पाँच पाइलटमा कोरोना पुष्टि


    आइतबार, बैशाख २८ २०७७
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, २८ बैशाख । एयर इण्डियाका पाँच पाइलटमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

    शनिबार ७७ जना पाइलटमा गरिएको परीक्षणमध्ये पाँच जनामा संक्रमण देखिएको हो।

    संक्रमित पाइलटहरूमा कोरोनाभाइरसको कुनै लक्षण नदेखिएको र सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ। पाँचै जना पाइलटले बोइङ ७८७ ड्रिमलाइनरको विमान चलाउँथे। साथै एक टेक्निसियन र इन्जिनियरमा पनि कोरोनाको संक्रमण देखिएको छ।

    गत अप्रिल १८मा बोइङ ७८७ विमान मेडिकल सामान लिन ग्वाङजाउ उडेको थियो। एयरलाइन्सले सामान लिन साङ्घाई र हङकङमा समेत विमान पठाएको थियो।

    एयर इण्डियाले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई मे ७ देखि इरान, इटाली लगायतका राष्ट्रबाट समेत फिर्ता ल्याउन थालेको छ। एयर इण्डियाले करिब १५ हजार भारतीयलाई फिर्ता ल्याउन ६४ उडान भर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार