Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर : चीनमा थप २४ मा भेटियो कोरोना 


    आइतबार, बैशाख २८ २०७७
    820
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २८ बैशाख । चीनमा पुन: २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।  पछिल्लो २४ घण्टामा चीनमा थप २४ जनामा कोरोना भाइरस देखिएको हो । 

    चीनको नेशनल हेल्थ कमिसनका अनुसार १४ मध्ये दुई जना विदेशबाट आएका मानिस हुन् । बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमित मध्ये ११ जना उत्तरपश्चिमी प्रान्त जिलिनका हुन् ।
    यस्तै, चीनमा बिना कुनै लक्षणका २० नयाँ संक्रमित भेटिएका छन् । चीनले  लक्षणका लक्ष्ण नभएका यस्ता संक्रमितलाई गणना गर्ने गरेको छैन । यो संख्या पनि १ मे यताक सबैभन्दा धेरै हो ।

    चीनमा समग्र संक्रमितको संख्या ८२ हजार नौ सय एक पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसको कारण चार हजार ६३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७८ हजार एक सय २० संक्रमित निको भएर घर फर्किसकेका छन् । चीनमा अब केवल १४८ जना बिरामी निको हुन बाँकी छन् । जसमध्ये १३ जनाको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार