Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिपुलेक र कालापानीमा भारतले खोल्यो सडकमार्ग, नेपालका नेताहरु झगडामा ब्यस्त


    शुक्रबार, बैशाख २६ २०७७
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ वैशाख । कोरोनाभाइरस (कोभिड–१९) महामारीले विश्व आक्रान्त भएको बेला भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । कोरोना महामारीका बीचमा भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि उसको विस्तारवादी चरित्र उजागर भएको छ । कोरोना भाइरससँग मात्र होइन, नेपालका सत्तारुढ दलका नेताहरु आपसमै मारामार गरेको मौकामा भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने मार्गको उदघाटन गरेको छ ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उदघाटन गरेका छन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमि मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । यो सन् १८१६ को सुगौली सन्धि विपरीत पनि हो । सन्धि अनुसार काली (महाकाली) नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो ।

    रक्षामन्त्री सिंहले कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको आज भिडियो कन्फ्रेन्समार्फत् उदघाटन गरेका छन् ।  

    भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने मार्गको उदघाटन गरेपछि अनेरास्ववियुले शुक्रबार त्यसको बिरोधमा जुलुस प्रदर्शन गरेको छ । लकडाउनका बीच पनि अनेरास्ववियुले भारतले नेपाली भूमि मिचेकोमा बिरोध प्रदर्शन गरेको छ । ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय बिस्तारवाद मूर्दावाद’ जस्ता नारा प्रदर्शनमा लगाइएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार