Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  भारतमा रेलले किच्दा १६ आप्रवासी कामदारको मृत्यु


    शुक्रबार, बैशाख २६ २०७७
    585
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, २६ बैशाख। शुक्रबार भारतको अउरंगावाद जिल्लाको घोडेजाल्गाउँमा रेलको लिकमा सुतेका ती आप्रवासी मजदुर घर जान हिँडेका थिए।

    बिहान साढे ५ बजेतिर नान्डेदबाट मनमान जान लागेको पेट्रोलिय पदार्थ बोकेको रेलले उनीहरूलाई किचेको हो।

    नजिकैको अर्को जिल्ला जल्नाको स्टिल कम्पनीका काम गर्ने ती मजदुरहरू लकडाउनले काम बन्द भएपछि घर जान हिँडेका थिए।

    सडकबाट हिँड्दा प्रहरीले सोधपुछ गर्ने र जान नदिने ठानेर उनीहरूले रेलको लिकलिकै यात्रा तय गरेका थिए।

    शुक्रबार बिहान फेरि हिँड्ने योजना बनाएर सुतेका उनीहरूलाई बिहान नउठ्दै रेलले किचेको हो। भुसवाल भन्ने ठाउँमा उनीहरूलाई घर जाने रेल पाइन्छ भन्ने आशा थियो। 

    घटनामा परी घाइते भएका पाँच जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुस्ख व्यक्त गरेका छन्।

    भारतमा कोरोनाभाइरसको संक्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ। अकस्मात गरिएको लकडाउनले करोडौं आप्रवासी मजदुर विभिन्न राज्यमा अलपत्र परेका थिए।

    तीमध्ये कतिपय हिँडेर घर गएका छन् भने कतिलाई पछि बसररेलबाट घर पठाइएको थियो।

    अझै पनि लाखौं मजदुर विभिन्न ठाउँमा फसेका छन्।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार