काठमाडौं, २५ बैशाख । पार्टीको आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको नेकपा अध्यक्ष प्रचण्डले बताएका छन् । उनले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकिएलगत्तै बैठक डाकिने दावी गरे ।
उनले बैठकका लागि बाँकी आन्तरिक गृहकार्य पूरा गर्न अर्का अध्यक्ष ओलीसँग आफ्नो छलफल जारी रहेको पनि बताए। छलफल सकिएको १र२ दिनभित्रै स्थायी कमिटी बैठक आह्वान हुने उनको भनाइ छ ।
बुधबार बोलाइएको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसकेपछि वैशाख २५ गतेका लागि बोलाइएको बैठक स्थगित भएको छ । अर्को बैठक कहिले बस्छ भन्ने विषय पनि अनिश्चित छ ।
प्रचण्डले आजै संसद् सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनपछि उनले बैठक हलमा ढुक्कसँग बस्ने वातावरण बनेको बताए ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन संसद् सचिवालयले सतर्कता बढाएको छ । यही क्रममा बिहीबार सांसद् तथा संसद सचिवालयमा कार्यरत कर्मचारीलगायतको स्वाब संकलन गरिएको छ । कोरोना नरहेको प्रमाणपत्र देखाएर मात्रै संसद् भवनमा प्रवेश दिइने संसद् सचिवालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend