Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिनदिनै बोली फेर्दा शिक्षामन्त्री विवादमा


    बुधबार, बैशाख २४ २०७७
    735
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, २४ बैशाख । हचुवाका भरमा बोल्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल विवादमा परेका छन् । उनले पटक–पटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन् ।

    मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना खोल्ने बताउनुभएको थियो । तर, सोमबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भर्नाको सम्पूर्ण काम बन्द गर्ने उल्लेख गरेपछि मन्त्री पोखरेलको आलोचना शुरू भएको छ ।

     मन्त्री पोखरेलले २५ गतेबाट लकडाउन खुकुलो पार्दै गएपछि विद्यालयमा अनलाइनमार्फत् भर्ना प्रक्रिया शुरू गर्ने बताएका थिए । तर सोमबार त्यसका विरुद्धमा विज्ञप्ति सार्वजनिक भएपछि मन्त्री आफैं विवादमा परेका छन् । 

    मन्त्रालयले विद्यालयमा भौतिकरूपमा उपस्थित नभई अनलाइनमार्फत भर्ना खुला गर्ने मनस्थिति बनाएको थियो । मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा अनलाइनमार्फत भर्ना लिन वा रकम असुल गर्न नपाइने उल्लेख गरेको थियो ।

    दिनदिनै मन्त्रीको बोली फेरिएपछि निजी विद्यालयको संगठन प्याब्सनले सरकारले गरेको निर्णय फिर्ता गर्न आग्रह गर्ने भएको छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले आफैंले सञ्चारमाध्यममा भर्ना खोल्ने तयारी भइरहेको बताउने, त्यसको दुई दिनपछि फेरि भर्नाको सबै कार्यक्रम स्थगित गर भनेर विज्ञप्ति निकाल्नु मन्त्रालयको गैरजिम्मेवारीपन भएको आरोप लगाए ।

    मन्त्रालयले अनलाइनबाट कक्षा सञ्चालन गर्ने भन्दै खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको संयोजकत्वमा समिति बनाएको थियो । सोही आधारमा केही विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका थिए ।

    दुईपटकसम्म सरकारले एक महिनाको शुल्क नलिन गरेको निर्णयलाई मौन समर्थन गरेको प्याब्सनले करिब २ लाख शिक्षक र कर्मचारीलाई तलब खुवाउन, घरभाडा तिर्न र बैंकको ब्याज मिनाहा गर्ने जिम्मा सरकारले लिनुपर्ने जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार