Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालगंजमा थप ७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो


    मंगलबार, बैशाख २३ २०७७
    940
    Shares
  • १ मिनेट पाठ
  • नेपालगञ्ज, २३ बैशाख । नेपालगञ्जमा आज थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बिहान दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टी भएकाहरुमा  २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला छन् । 

    संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । 

    योसँग नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । 

    नेपालगजमा संक्रमितको संख्या बढेपछि सोमबारदेखि कफ्र्यु नै लगाइएको छ । लकडाउन उल्लंघन बढेको र संक्रमितको संख्या बढेपछि ३ दिनका लागि कफ्र्यु घोषणा गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार