काठमाडौं, २३ बैशाख । कोरोना भाइरस (कोभिड–१९) महामारीले विश्वको मानवजातिमाथि ठूलो संकट उत्पन्न गरेको छ । विश्वमा आजसम्म ३६ लाख ४५ हजार ३२० मानिस कोरोना संक्रमणको शिकार भएका छन् । २ लाख ५२ हजार ३९३ जनाको मृत्यु भइसकेको छ । ११ लाख ९४ हजार ९४२ जना कोरोनालाई जितेर निको भएर फर्किएका पनि छन् । नेपालमा आहिलेसम्म ७५ जना कोरोना संक्रमित भएका छन् । ती मध्ये १६ जना निको भएर फर्किएका छन् ।
नेपालमा लकडाउनकै कारण कोरोना संक्रमण फैलिन नसकेको प्रष्ट छ । चैत ११ बाट जारी लकडाउन बैशाख २५ गतेसम्म पनि जारी छ । लकडाउनका कारण भोकै परेका अति विपन्न, मजदुरहरुलाई स्थानीय निकायले राहत बितरण गरेका छन् । धेरै मजदुरहरु गाउँ फर्किसकेका छन् । लकडाउन बैशाख २५ बाट पनि लम्बिए मध्यमबर्गीय तप्का नै भोकै पर्ने स्थिति आउने भएको छ ।
यसैक्रममा नेपालमा कोरोना संक्रमणको अवस्था र अपनाउनुपर्ने सतर्कतामा फेरि पनि लकडाउन नै हो भन्छन्, पब्लिक हेल्थका जानकार मनोज भट्ट । उनी भन्छन्–लकडाउन हटाउने त परै जाओस् खुकुलो मात्रै बनायौं भने हामी पुनः २०७६ चैत ११ गतेकै अवस्थामा पुग्नेछौं । दक्षिण कोरियाले जस्तो हामीले जति सक्यो टेष्टलाई नै अगाडि बढाउनुपर्छ । कोरोना नियन्त्रणको लागि परीक्षणलाई नै ब्यापक बनाउनुपर्छ ।’
भट्टका अनुसार काेराेनाकाे कुनै भ्याक्सिन बनेको छैन । र, बैज्ञानिकहरुले कोरोना नियन्त्रण गर्न गाह्रो छ भनिरहेका छन् । त्यसैले हामीले कडा अनुशासनमा बस्नै पर्छ । याे नेपाल बन्द खुलेकाे जस्ताे हैन।
दोस्रो, सिङ्गापुर लगायतका देशहरुमा लकडाउन खाेल्दा केसहरु बढेको देखियो । । यदि हामीकहाँ केसहरु बढ्यो भने हामी थेग्न सक्दैनौ। तेस्रो, सरकारले Modality change गरे पनि अहिलेकाे भन्दा कडा Social Distancing काे नियम बनाउनु पर्छ । अहिलेकाे हाम्रो चुनौति शंकास्पदहरुकाे खोजी र क्वारेन्टाइनमा भएकालाई बढी टेस्ट गराउने नै हाे।
चौथो, भारतमा संक्रमितहरु धेरै हुनसक्ने र नेपालमा अझै लुकेका र टेस्टको दायरामा नआएका केसहरु हुनसक्ने धेरै आधार र सम्भावना छ, त्यसैले अहिले नै लकडाउन खाेल्नु उपयुक्त हुन्न। ब्यवस्थित गर्दा धेरै बिचार पुर्याउनु पर्छ ।
अब हामीले RDT बन्द गरेर PCR testing ma जानुपर्छ । PCR अहिले ७७ जिल्लामा नसकिए पनि ५० जिल्लामा स्थापित गर्न सक्ने अवस्था छ । साथै टीबीमा प्रयाेग हुने Zene Xpert PCR machines झन्डै ४०-६० थान छन् । ती पनि हामी प्रयोग गर्नसक्छौं । अहिले एच आई भी मा प्रयाेग हुने PCR machines कहाँ छन् बुझ्न सकिन्छ ।