Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतको मदिरा पसलमा किन राखियो लाईन ?


    सोमबार, बैशाख २२ २०७७
    950
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख  । भारतमा कोरोना संक्रमितको संख्या बढे तापनि त्यहाँको मदिरा पसल खोल्न दिने निर्णय गरेको छ  ।मदिरा पसल संचालन भएकाले मदिरा खरिद गर्ने मानिसको लाइनसमेत बढेको छ । त्यहाँ लकडाउन केही मात्रामा खुकुलो पारेसङ्गै  मदिरा पसलमा मानिसको लामो लाइन देखिएको हो ।

    सोमबार राजधानी सहर दिल्लीमा रहेको देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको भारतीय समाचार संस्था एएनआईले बताएको छ ।

    भारतले सोमबारदेखि मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । तर, यसरी पसल खोल्दा ग्राहकबीच कम्तीमा ६ फिटको भौतिक दूरी भने कायम राख्नुपर्ने हुन्छ ।

    एएनआईका अनुसार दिल्लीका साथै अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको छ । मानिसहरुले सरकारले तोकेको भौतिक दूरीको नियम पनि मानेका छैनन् । भीड नियन्त्रणको लागि केही स्थानमा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

    दिल्लीको झील चोक क्षेत्रको एक मदिरा पसल मानिसहरुको भीड थेग्न नसकेपछि प्रहरीले बन्द गराएको छ ।

    दिल्लीका विभिन्न स्थानमा रहेका एक सय ५० मदिरा पसल सोमबारदेखि खुलेका हुन् । त्यस्तै कर्नाटक, छत्तिसगढलगायत विभिन्न राज्यमा पनि मदिरा पसल खुलेसँगै बिहानैदेखि मानिसहरु लाइनमा बसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार