Nepal Face
  • बिहिबार, ११ मंसिर २०८३
  • कानुनमन्त्री सोबिताको मन्त्रिपरिषदमा मर्यादाक्रम तेस्रो स्थानमा


    बिहिबार, मंसिर ११ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ।

    बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्। सातौं स्थानमा रहेकी मन्त्री गौतमलाई तेस्रो स्थानमा लगिएको हो।

    चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट गौतम उपसभापतिमा निर्वाचित भएकी थिइन्।

    प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन शाह वरीयतामा पहिलो क्रममा छन्। त्यसपछि अर्थमन्त्रीसमेत रहेका उपसभापति स्वर्णिम वाग्ले दोस्रो र उपसभापतिसमेत रहेकी कानुन मन्त्री गौतम तेस्रो वरीयतामा छन्।

    अहिले तेस्रो वरीयतामा परराष्ट्र मन्त्रीसमेत रहेका नेता शिशिर खनाल थिए।

    हालै प्रधानमन्त्रीको भारत भ्रमणका बेला चौथो वरीयतामा रहेका श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो। त्यसभन्दा माथिको वरीयतामा रहेका सबै मन्त्री भारत भ्रमणमा थिए।

    पार्टीकी उपसभापतिसमेत रहेकी गौतमलाई सातौं वरीयतामा राखिएको भन्दै पार्टीभित्र केही नेताहरूले प्रश्न उठाइरहेका थिए। त्यसपछि गौतमलाई प्रधानमन्त्रीले तेस्रो वरीयतामा राखेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार