काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका छन्।
काठमाडौंमा बिहीबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको चुनाव आउँदो वैशाखमा गर्नुपर्ने बताए। ‘वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ,’ ओलीले भने।
उनले दुवै चुनाव सँगै गर्न सकिने पनि बताए। त्यसका लागि स्थानीय तहको चुनावपछि पछि धकेल्नुपर्ने उनको भनाइ थियो। ‘यदि एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गरौं,’ उनले भने।
अब हुने दुवै चुनाव प्रतिनिधि सभाको जस्तो नहुने उनको भनाइ थियो। ‘चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ। अस्तिनको जस्तो हुँदैन,’ ओलीले भने।
दुई तिहाइको सरकार भन्दैमा जे पनि गर्न नपाइने उनको चेतावनी थियो। संसद् छलेर अध्यादेश ल्याउने कुरा सही नभएको उनले बताए।
‘यो सराकर दुईतिहाइको होइन, यो पनि बहुमतको सरकार हो। झन्डै दुईतिहाइ भन्नु, दुईतिहाइ भन्नु उस्तै होइन,’ ओलीले भने, ‘दुईतिहाइ छ भनेर जे पायो त्यही गर्न पाइँदैन। संसद छल्ने, अध्यादेश ल्याउने होइन।’
कठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिबृद्धिका लागि बार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा...
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ। बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्। सातौं...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार, उनलाई भारतको कोलकत्ताबाट पक्राउ गरेर केहीबेर अघि काठमाडौं ल्याइपुर्याइएको हो । उनलाई स्थलमार्ग हुँदै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend