काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।
बिहीबार टेकुस्थित बायो-मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उनले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गरेकी हुन् ।
बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उनले बताईन्।
उनले ग्यास वितरणका लागि सिलिण्डर र पाइपलाइन दुवै विकल्पबारे नीतिगत स्पष्टता गर्नुपर्नेमा जोड दिइन्। प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याएकोले यसको दिगोपनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न ढिलाइ गर्न नहुने उहाँको भनाई छ । प्लान्ट सञ्चालनको दिगोपन सुनिश्चित गर्न महानगरपालिकाले निजी क्षेत्र तथा प्राविधिक समूहसँग छलफल गरी सम्भावित चुनौतीको विश्लेषण गरिरहेको पनि उनले जानकारी दिइन् । उनले बायोग्यास प्लान्ट निर्माण र उद्घाटनमा मात्र सीमित नभई नियमित सञ्चालन तथा उत्पादित ग्यासको प्रभावकारी वितरण सुनिश्चित गर्न महानगरले विशेष ध्यान दिएको बताईन् ।
उनले भनिन्, ‘पोलिसी कन्स्ट्रेन्टको कुरा गर्दाखेरि नीतिगत रूपमा पनि स्पष्टता छैन । हामीले यो बायोग्यास प्लान्ट सञ्चालन गरिसकेपछि त्यसबाट आउने प्रोडक्टलाई वितरण कसरी गर्ने भन्ने नीति आजसम्म रहेनछ । म मन्त्रीज्युलाई अनुरोध पनि गर्न चाहन्छु, जुन पोलिसी कन्स्ट्रेन्ट छ, त्यो पोलिसी कन्स्ट्रेन्टलाई फुकाइदिनुपर्यो । अब ग्यास आउँछ, ग्यास आइसकेपछि डिस्ट्रिब्युसनको कुरा आउँछ । डिस्ट्रिब्युसनको कुरा आइसकेपछि सिलिण्डरमा घरघर पुर्याउने एउटा पाटो छ र अर्को पाइपलाइन बनाउने पाटो छ । पाइपलाइनको कुरा गर्ने हो भने आजसम्म पाइपलाइन डिस्ट्रिब्युसनको पोलिसी बनेको छैन । त्यसैले माननीय मन्त्रीज्युलाई यो अनुरोध गर्न चाहन्छु, दिस इज भेरी अर्जेन्ट । नीतिले नै स्पष्टता नदिएसम्म यो बायोग्यास प्लान्ट सुचारु गरिसकेपछि हाम्रो उद्देश्य अझै पुरा हुन सक्दैन । पाइपलाइन डिस्ट्रिब्युसनका पक्षहरूलाई पनि जति सक्दो छिटो नीति यहाँहरूले बनाइदिनुभयो भने हामीले बायोग्यास प्लान्टको रिजल्ट देखिने गरी काम गर्न सक्छौँ ।’
यसैगरी उनले टेकुमा निर्माण भइरहेको फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन्। केही उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले ढिलाइ हुन सक्ने उनको भनाई छ । केन्द्र निर्माण सम्पन्न भएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुन:प्रयोगयोग्य फोहोरको व्यवस्थापनलाई व्यवस्थित बनाउने उनको भनाई छ । उनले फोहोरलाई इन्धनका रूपमा प्रयोग गर्ने व्यवस्था गर्न रिफ्युज डिराइभ्ड फ्युल (आरडीएफ) सम्बन्धी नीति बनाउन पनि सरकारसँग माग गरिन् । सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रशोधित फोहोर प्रयोग गर्ने व्यवस्था अघि बढाउन आवश्यक रहेको उनको भनाई छ । यसका लागी सरकारले नीतिगत आधार बनाईदिन पर्ने उनले बताईन् । फोहोरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई ऊर्जा उत्पादन र आर्थिक स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिइन्।
कठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिबृद्धिका लागि बार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा...
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको मर्यादाक्रम बढाइएको छ। बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरियताक्रम हेरफेर गरेका हुन्। सातौं...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका...
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाको चुनाव अगाडि सार्न नहुने बताएका छन्। काठमाडौंमा बिहीबार सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तहको चुनाव आउँदो...
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले इलामको सूर्योदय नगरपालिकाका विभिन्न सीमा क्षेत्रबाट अवैध निकासी तथा पैठारी हुँदै गरेका १६ लाख ५३ हजार २५० रुपैयाँ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend