काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा आबद्ध भई पार्टीको नीति र हित विपरीत गतिविधि गर्ने जनप्रतिनिधिमाथि अनुशासनको कारबाही अघि बढाउन माग गरेका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा तिमल्सिनाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिको गतिविधिमाथि तथ्यगत छानबिन गरी विधानअनुसार कारबाही गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
पार्टीको टिकटमा निर्वाचित कतिपय जनप्रतिनिधि वैधानिक महाधिवेशन तथा विधिसम्मत गतिविधिमा सहभागी नभई पार्टी हित विपरीत सक्रिय रहेको उनको आरोप छ ।
‘पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु।’ उनले बैठकमा भने ।
तिमल्सिनाले पार्टीको नाम, झन्डा र निर्वाचन चिह्नको प्रयोगका विषयमा पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् । गत प्रतिनिधि सभा निर्वाचनमा रुख चिह्नमा मतदान नगर्ने र अरूलाई पनि मतदान नगर्न लगाउनेहरूले अहिले त्यही चिह्नमाथि दाबी गर्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ ।
‘नेपाली काँग्रेसको ऐतिहासिक नाम, चारतारे झन्डा र चुनाव चिह्न रुखको अनधिकृत रूपमा अनधिकृत समूहबाट भइरहेको दुरुपयोग अत्यन्तै गम्भीर छ। यसले मतदाता र कार्यकर्तामा भ्रम सिर्जना गरेको छ।’ उनले भने ।
पार्टीको वैधानिक पहिचान र विधानको रक्षाका लागि निर्वाचन आयोगमार्फत तत्काल कानुनी तथा राजनीतिक पहल गरी त्यस्ता गतिविधि रोक्नुपर्ने तिमल्सिनाको माग छ ।
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारले...
कास्की । पोखरामा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ...
काठमाडौँ। सरकारले स्वास्थ्य बीमा परिचय पत्रको फोटोकपीका आधारमा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन परिपत्र गरेको छ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य...
काठमाडौँ । सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलमार्फत ६ वर्ष अवधिको विकास ऋणपत्र-२०८९ बिक्री गर्न...
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई नीतिगत तहमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend