Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो


    बुधबार, मंसिर ३ २०८३
    95
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) बाट सरकारले हटाएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ।

    आज बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो।

    कात्तिक १८ गते कार्कीलाई सरकारले हटाएपछि कार्कीले दिएको रिट २० गते दर्ता भएको थियो। रिटको पहिलो सुनुवाइ बुधबार भएको हो।

    कार्कीले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्ष्क पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।

    केसीलाई नियुक्त गर्ने, दर्ज्यानी चिह्न प्रदान लगायतका सम्पूर्ण निर्णय बदर गर्न र रिटको सुनुवाइमा अग्राधिकार प्रदान गर्न पनि उनको माग छ।

    उनको माग अनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्चले दुवै पक्षको कुरा सुनेर मात्रै निर्णय लिने भएको हो।

    यस्तै, अदालतले सरकारसँग लिखित जवाफ पनि माग गरेको छ। कार्कीलाई आईजीपीबाट हटाउने निर्णयबारे कारण माग गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार