काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र सूर्य लामासँगै देखिएका तस्बिर वा भिडियो पठाउन आह्वान गरेको छ ।
सचिवालयले आफ्नो फेसबुक पेजमार्फत सूचना घोषणाजारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का क्रममा खिचिएका ती तस्बिर र भिडियोको प्रतियोगिता फागुन १२ गते आयोजना गर्ने जनाएको छ । प्रतियोगिताबाट तीन जना विजेता छनोट गरी नगद पुरस्कार दिइनेछ ।
सूचनाअनुसार सहभागीले आफूले खिचेको तस्बिर वा भिडियो सचिवालयमा पठाउनुका साथै आफ्नै सामाजिक सञ्जालमा पनि पोस्ट गर्नुपर्नेछ । पुरस्कारको रकम पछि भिडियो सन्देशमार्फत सार्वजनिक गरिने सचिवालयले जनाएको छ ।
उदयपुर-१ बाट निर्वाचित सांसद गेलालको सचिवालयले गरेको उक्त घोषणाको सामाजिक सञ्जालमा आलोचना भएको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल पुनः जिम्मेवारीमा फर्किएका छन् । कात्तिक १७ गतेदेखि बिदा बसेका उनी आज सर्वोच्च अदालत उपस्थित भएका हुन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend