Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • बझाङमा अटो दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक बालक बेपत्ता


    सोमबार, मंसिर १ २०८३
    0
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

    बुंगल नगरपालिका-१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार दुर्घटनामा परेका एक बालक बेपत्ता छन् ।

    मृत्यु हुनेमा बुंगल नगरपालिका–१० बस्ने अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेको डीएसपी जोराले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार