सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ विरनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय गोपी चौधरी रहेको प्रहरीले जनाएको छ ।
आइतबार बेलुकी हराएको बाख्रा खोज्न गाउँभन्दा पूर्व–उत्तर दिशामा जंगल छेउमा रहेको गोठतर्फ गएका चौधरीलाई जंगली हात्तीले आक्रमण गरेको हो। उनीसँगै अन्य ४–५ जना पनि बाख्रा खोज्न गएको बताइएको छ।
स्थानीय दिलीप चौधरीका अनुसार जंगल छेउमा पुगेका बेला हात्ती कराउन थालेपछि चौधरीले पनि हात्तीले जस्तै आवाज निकाल्दै जोडले कराएका थिए। त्यसपछि हात्तीले उनलाई लखेटेर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए ।
चितवन । चितवनमा यस वर्षको दशैं–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा थालेका छन्। पदयात्राको उद्घाटन आज बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा गरेका छन्। ...
काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । आइतबार बिहान करिब ६:४०...
काठमाडौं । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने...
नारायणप्रसाद शर्मा काठमाडौँ । वि.सं. २०८३ साल भदौ १० गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा मिसिएको महाविनाशकारी बाढीले मुलुकलाई अकल्पनीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend