Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • नेपाली सेनाको प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान


    शुक्रबार, कार्तिक २८ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

    सेनाले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राडरप्राविधिकरहवाई विविध सेवा तर्फका अधिकृत पदहरूमा आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

    प्राड उपसेनानी, प्राविधिक उपसेनानीअन्तर्गत सैनिक उपचारिका, अडियोलोजिस्ट तथा स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट, मेकानिकल उत्पादन, टेक्सटायल उत्पादन र आर्मामेन्ट मेकानिक्स मर्मत तथा सम्भारदेखि लेखा उपसेनानीलगायत पदमा भर्ना खुलेको छ ।

    योग्यता पुगेका नेपाली नागरिकले आजदेखि मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार