Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • महाअभियोगबारे सत्तापक्षको धारणा आएपछि मात्रै विपक्षी दलले निर्णय गर्ने


    सोमबार, कार्तिक १७ २०८३
    35
    Shares
    नेपाली कांग्रेसका नेता भिष्मराज आङ्दम्बे बिहीबार सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन् ।

    सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै उनले महाअभियोग लगाउने विषयमा सत्तापक्षले विषयलाई कसरी उठान गर्छ भन्ने कुरा आफूहरूले हेरिरहेको बताए ।

    उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीगत रूपमा पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए । पार्टीले एउटा धारणा व्यक्त गर्ने तर संसदीय दल अर्कै दिशामा अघि बढ्ने अवस्था भए त्यसको अर्थ नरहने आङ्देम्बेको भनाइ छ ।

    आङ्देम्बेले सत्तारुढ रास्वपाले दिएको निर्देशन संसदीय दलले पालना गरिरहेको छ कि छैन भन्ने विषयमा पनि आफूहरू स्पष्ट नरहेको बताए ।

    ‘उहाँहरूले दिएको निर्देशन उहाँहरूको संसदीय दलले मानिरहेको छ कि छैन भन्ने कुरा पनि हामीलाई थाहा छैन,’ आङ्देम्बेले भने, ‘यस्तो गम्भीर र महत्वपूर्ण विषयमा संसद्भित्र रहेका दलका पार्टीहरूले कसरी चासो व्यक्त गर्छन् र त्यो चासोलाई संसद्ले कसरी ग्रहण गरेर अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

    रास्वपाले महाअभियोगका लागि विश्वसनीय धारणासहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा धारणा तय गरिने उनको भनाई थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार