काठमाडौं। नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालमा प्रभाव नपार्ने बताएका छन्। आइतबार एक सूचना जारी गर्दै विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको हो।
‘हालको मौसम विश्लेषण अनुसार बङ्गालको खाडीमा विकसित हुँदै गरेको नयाँ चक्रवातले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन।’ महाशाखाले भनेको छ,‘नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकता अनुसार थप अद्यावधिक सूचना जारी गर्नेछ।’
विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हेर्न महाशाखाले अनुरोध गरेको छ। अर्नब चक्रवातको प्रभाव कमजोर बन्दै गएको बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ। यस अगाडि बिहीबारदेखि शनिबारसम्म नेपालको पूर्वी तथा मध्य भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भएको थियो।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै...
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend