काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको घोटालाको विषय संसदमा उठाएपछि चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादास्पद अडियो प्रकरणमा मुछिएका छन् ।
सोमबार विभिन्न सञ्चार माध्यममार्फत एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएपछि खगेन्द्र अडियो काण्डमा फसेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडियोको आधिकारिकता, रेकर्ड गरिएको समय र कुराकानीको प्रसंगबारे अहिलेसम्म स्पष्ट तथ्य सार्वजनिक भएको छैन ।
अडियोमा सुनारको आवाज रहेको दाबी गरिए पनि त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । सामाजिक सञ्जालमै अडियोको सत्यतामाथि प्रश्नसमेत उठाइएको छ ।
अडियोमा सुनिएकी महिलाको पहिचानसमेत खुलेको छैन । उक्त विषयमा सुनारविरुद्ध धम्की, असुली वा ब्ल्याकमेलिङसम्बन्धी कुनै उजुरी प्रहरीमा परेको जानकारी छैन ।
खगेन्द्रले अडियोको विषयमा प्रस्ट पार्न आफ्ना कानून व्यवसायीसँग परामर्श गरिरहेको उनका एक सहयोगीले अनलाइन नेपालसँग बताएका छन् ।
सुनारले उक्त अडियो आफ्नो नभएको दाबी गरेको पनि उनले बताए । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको अनियमितताको विषय संसदमा उठाएका सुनारलाई पछिल्लो समय विभिन्न विवादमा मुछ्न थालिएको छ ।
काठमाडौं। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद्...
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना...
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज जारी छ । समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भाषामा बोल्न रुलिङ गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend