काठमाडौँ। चुमनुब्री गाउँपालिका – ६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आइतबार बिहानै आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने ५ जना र धाउनेमा बस्ने तीन घरका ५ जना सम्पर्कविहीन बनेका स्थानीय दिपेश लामाले जानकारी दिए ।
लामाका अनुसार उङ्गिलुङ खोलामा बिहान ४ बजे सुख्खा पहिरो खसेको थियो । पहिराका कारण खोला केही समय थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । बाढीपछि १० जना सम्पर्कमा नरहेको लामाको भनाई छ ।
उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुई मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ । बाढीले गोरखाको आरुघाट र धादि ङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बगाएको छ । यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।
बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज समेत बगाएको छ । माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल समेत बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मि गुरुङले बताइन् ।
नेपाली सेनाले हवाइमार्फत जगत क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ।
काठमाडौं । कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र महिला शिक्षिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको...
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई जोडेर केही सञ्चारमाध्यममा प्रकाशित स्वास्थ्य सामग्री तथा उपकरण खरिदसम्बन्धी समाचारप्रति मुख्यमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मुख्यमन्त्री,...
काठमाडौँ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार(असोज २५...
काठमाडौँ। बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ३६ जनाको उद्धार भएको छ। एम आइ सेभेन्टिनसहित ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको टोलीले ३६ जनाको उद्धार...
काठमाडौँ । उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बुढीगण्डकी नदीमा आएको आकस्मिक तथा भीषण बाढीले आरुघाटस्थित पुल बगाएको छ । बाढीले जलसतहको खतरा तह निकै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend