काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित चपली क्षेत्रबाट २२ किलो सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा नेपालमा बसेर अवैध सुन कारोबारमा संलग्न चिनियाँलाई २२ किलो सुनसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार पक्राउ गरेको हो ।
प्रहरीले २२ किलो सुन र सुन पगाल्ने मेसिनरी उपकरण पनि बरामद गरेको जनाएको छ ।
चिनियाँरूले विदेशबाट तरल रूपमा अवैध सुन भित्र्याउने र कोठाभित्रै मेसिनको सहायताले पगालेर चक्का (बिस्कुट) बनाई आपूर्ति गर्ने गरेको खुलेको छ । प्रहरीले घटनास्थलबाट सुन पगाल्ने मेसिनसमेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै विदेशी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण र सुनको एकीन परिमाण आउन बाँकी छ ।
सुनसम्बन्धी सूचना प्राप्त भएपछि प्रहरीले बिहीबार मध्याह्नदेखि नै उक्त क्षेत्रमा निगरानी तथा खोजी अभियान थालेको थियो ।
अपराधमा चिनियाँ नागरिक
नेपालमा आएका प्राय चिनियाँ नागरिक आर्थिक अपराधमा संग्लन हुने गरेका छन् । अवैध विदेशी मुद्राबिना भिसा नेपाल प्रवेश गरेको, लिखतसम्बन्धी कसुर, बैकिङ कसुर, एटीएम मेसिनबाट अवैध रकम निकाल्ने कर्ममा संग्लन, मानव बेचबिखन, जुवातास, सवारी ज्यान जस्ता अपराधमा संग्लन भएका देखिन्छन् ।
२०७६ सालको पुसमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । नेपालमा बसेर विभिन्न अपराधमा संग्लन भएको भन्दै नेपाल प्रहरीले चिनियाँविरुद्ध अपरेसन नै सञ्चालन गरेर ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका थिए ।
नेपालमा बसेर चिनियाँ नागरिकले चीनमा समेत आर्थिक अपराध गर्ने गरेको खुलेको थियो । विभिन्न बैंकको रकम अवैध रूपमा निकाल्ने, अनलाइन जुवा खेलाउने, अश्लिल साम्रगी देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्काउँदै रकम असुल्नेलगायतका काममा चिनियाँ गिरोह सक्रिय भएको अनुसन्धानमा खुलेको थियो ।
त्यसैगरी, २०८० साउन २ गते हङकङबाट ‘ब्रेक सू’ मा सुन लुकाएर ल्याउने तस्करहरूमाथिको अनुसन्धानबाट चिनियाँ गिरोहले नेपालमा कुन तहसम्म जरा गाडेको थियो भन्ने खुलासा भएको थियो ।
राजनीतिक नेतृत्वसम्म पहुँच र्पुयाएर काठमाडौंको टोखामा सुन गाल्ने कारखानासमेत स्थापना गर्ने चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसहितको गिरोहको सञ्जाल त्यतिबेला तोडिएको थियो तर तीन बर्ष नबित्दै काठमाडौंमा चिनियाँ गिरोहकै अर्को समूह सुन तस्करीमा सक्रिय रहेको खुलासा भएको छ ।
२ साउन, २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सूमा हङकङबाट लुकाएर ल्याइएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी चिनियाँ नागरिक याओ पुचिङ नै थिए । अर्का आरोपी वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ त पक्राउ नै परेका थिए । याओ पुचिङ र ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालक फ्लोरेन्ससमेत उक्त सुन तस्करीमा संलग्न भएको खुलेको थियो । फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा क्यासिनोको सीसी टीभी फुटेजमा ६० किलो सुन प्रकरणका चिनियाँ आरोपीहरु देखिएको थियो ।
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति...
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो ब्यूरो(सीआईबी)ले विवादास्पद ब्यवसायी नवीनराज बस्नेतलाई शुक्रबार राति मेरियट होटलबाट पक्राउ गरेको छ । शुक्रबार बस्नेतको सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागमा तारिख...
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मत माग्दैमाग्दै विनिता खड्का पक्राउ परेकी छन । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले उनलाई...
काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend