काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका केही एसएसपीको सरुवा तयारी गरेको छ । गृहले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका केही एसएसपीको सरुवा गर्न लागेको हो ।
काठमाडौं परिसरका प्रमुख बसन्त रजौरे र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईको ७ महिना पूरा हुन बाँकी छ । ललितपुरका एसएसपी शेखर खनालको १० महिना पुगेको छ ।
गृहमन्त्रालयले सरुवाको तयारी गरेपछि काठमाडौैं, ललितपुर परिसरदेखि उपत्यका अपराधको प्रमुखका लागि शक्तिकेन्द्रमा एसएसपीहरुको चर्को दौडधूप सुरु भएको छ । काठमाडौं परिसरको एसएसपीको लागि सबैभन्दा बढी दौडधूप चलेको छ ।
काठमाडौं परिसरका लागि एसएसपीद्वय विश्व अधिकारी र सोमेन्द्रसिंह राठौर लागेका छन् । राठौरले परराष्ट मन्त्री डा. आरजु राणामार्फत् काठमाडौं परिसरमा सरुवा हुने चलखेलमा लागेका छन् । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भइसकेका राठौरलाई काठमाडौं परिसरका प्रमुखमा सरुवा गर्ने पक्षमा गृहमन्त्री रमेश लेखक र आईजीपी बसन्तबहादुर कुँवर छैनन् ।
गृहमन्त्री लेखक विश्व अधिकारीलाई काठमाडौंको एसएसपी बनाउने पक्षमा छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का समेत अधिकारीकै पक्षमा रहेका छन् । राठौर र अधिकारीको पक्षमा शक्तिकेन्द्रको टक्करले रमेश बस्नेत र श्यामकृष्ण अधिकारीले बाजी मार्ने संभावना पनि रहेको छ ।
काठमाडौंपछि ललितपुर परिसरको प्रमुखमा तारादेवी थापा, भीमबहादुर दाहाल, नान्तिराज गुरुङको चर्चा छ । यद्यपि यो सरकार गठनको लागि प्रारुप तयार गर्ने बैठक घरमै राख्ने रामेश्वर थापाकी भाइबुहारी भएकाले थापाकै पल्ला भारी भएको स्रोत बताउँछ ।
काठमाडौं । प्रहरीले विवादास्पद व्यवसायी नवीनराज बस्नेतलाई पक्राउ गरेको छ । नेपाल प्रहरीमातहतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार राति भक्तपुरस्थित निवासबाट उनलाई...
काठमाडौं । सामाखुसीस्थित सिटी स्क्वायर मलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले शुक्रबार साँझ छापा मारेको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनाम सापकोटालाई पक्राउ गरेलगत्तै...
काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । मधेश प्रदेशको आपूर्ति केन्द्रबाट भएको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न मुख्यमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव नै बाधक बनेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend