काठमाडौं । हिरासत कक्षमा रहेका कैदीलाई भगाउने प्रहरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको निर्देशनमा खटिएको प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
लागूऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा प्रहरी परिसर काठमाडौंको थुनामा रहेका कैदी लाई भगाउने प्रहरी जवान वीरवल राय यादवलाई अपराध अनुसन्धान कार्यालयले बिहीबार पक्राउ गरेको हो । रायलाई नेपाल–भारत सीमा झापाबाट पक्राउ गरिएको बताएको छ । यद्यपि रायलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीसँग समन्वय गरी कोलकाताबाटै पक्राउ गरी नेपालमा ल्याएको गोप्य स्रोतले बताएको छ ।
१६ बर्षअघि लागूऔषध कानुन कार्यान्वयन इकाई नयाँबानेश्वरले पक्राउ गरेका भारत पूर्विचम्पारन जिल्ला सिरसिया नुनयाडी ग्राम, थाना रक्सौल बस्ने ३९ बर्षीय असरफ आलमलाई प्रहरी परिसर काठमाडौैंको हिरासत कक्षबाट फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी रायले भगाएका थिए ।
२०६४ जेठ ९ गते राति साढे ८ बजे प्रहरी जवान वीरवल राय यादवले नक्कली चिट बनाई आफैले फिल्ड अधिकृतको किर्ते दस्तखत समेत गरेर इन्स्पेक्टर सावले बोलाउनुभएको छ भनी हिरासत कक्षबाट हतकडी समेत लगाई बाहिर निकाली भगाएका थिए ।
आलमलाई भगाउने यादवलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल–भारत सिमानाको काकडभिट्टाबाट बिहीबार पक्राउ गरेको हो । रायलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि शुक्रबार प्रहरी परिसर, काठमाडौं पठाइएको छ । रौतहट पथराबुधराम–३ का ४१ बर्षीय यादव भारतको कोलकातामा रहेको अनुसन्धानबाट खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रायले लागूऔषध खैरो हिरोइनको मुद्दामा थुनामा रहेका आलमलाई भगाउन १ करोडबाट सुरू गरी रु. १० लाखमा डिल गरी रू. ६ लाख २५ हजार पाएको खुलेको छ । प्रहरी निरीक्षक (फिल्ड अधिकृत) को किर्ते दस्तखत गरी प्रतिवादी आलमलाई हिरासतबाट निकाली कालिमाटी–कलंकी–बुटवल हुँदै भारतको रक्सौल पुर्याएका थिए ।
लागूऔषध मुद्दाका कैदी भगाएबापत प्राप्त रकमले रायले भारतको कोलकत्तामा दुई वटा ट्याक्सी खरिद गरी चलाउँदै आएकोमा हाल उनका ९ वटा ट्याक्सी रहेका छन् । रायले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राईभिङ लाईसेन्स समेत बनाएको भन्ने बुझिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
राय हाल भारतको कोलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।
काठमाडौँ । प्रहरीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित चपली क्षेत्रबाट २२ किलो सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा नेपालमा बसेर अवैध...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मत माग्दैमाग्दै विनिता खड्का पक्राउ परेकी छन । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले उनलाई...
काठमाडौँ । बडादसैँ र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबास, महोत्तरीका सर्वेक्षक शिवकुमार साहविरुद्ध एक लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले...
काठमाडौँ। न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन्। कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend