Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा पक्राउ


    आइतबार, बैशाख २१ २०७७
    700
    Shares
  • १ मिनेट पाठ
  •  धनुषा, २१ वैशाख । बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-११ स्थित आनन्द ईन्टरप्राईजेज हार्डवयरका संचालक सोही ठाउँ बस्ने ४८ वर्षीय  राम प्रताप साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्ट सहित साहलाई पक्राउ गरेको हो ।     

        यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार