काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोक्का(कल्याण)लाई नियुक्ति गरेपछि एमालेभित्र चर्को असन्तुष्टि पैदा भएको छ । गएको फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार दुर्गाकुमार थापा स्वस्तीका बिरुद्ध बागी उम्मेदवारी दिएका रोक्कालाई मुख्यमन्त्री थापामगरले योजना आयोगको उपाध्यक्ष बनाएका छन् ।
पार्टीका आधिकारिक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएका रोकालाई कारबाही गर्नुपर्नेमा मुख्यमन्त्री थापाले उपाध्यक्ष नियुक्ति गरी पुरस्कृत गरेका छन् । जसले एमाले उदयपुरका नेता कार्यकर्ताहरु रुष्ट भएका छन् । बागी उम्मेदवारी दिनेलाई नियुक्ति दिएपछि एमालेभित्र यो बिषयले चर्को असन्तुष्टि पैदा भएको छ । एमाले उदयपुरका अध्यक्ष भागवत २०८२ माघ ११ गते नै रोका एमालेको कुनै पनि कमिटीमा नरहेको भन्दै भ्रममा नपर्न विज्ञप्ति निकालेको थियो ।
रोक्का एमालेमा पटक–पटक अवसर पाउनेमा पर्दछन् । शीर्ष नेतृत्वको जीहजुरी गर्दै चीनमा आकर्षक सुविधासहित अध्ययनको अवसर पाएका रोक्काले नेपाल फर्किनासाथ २०७७ भदौ १ गते युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त भएका थिए ।
पार्टीका उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएर कारबाहीमा परेका रोकालाई एमाले सचिव महेश बस्नेतको सिफारिसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि मनोनीत गरेका थिए । तर उनले पार्टी सदस्यता नै नवीकरण नगरेको उजुरी परेपछि हतार हतार उनको ठाउँमा महेश बस्नेतले दोलखाका डिल्ली बराईलीलाई मनोनीत गर्न लगाई केन्द्रीय लेखा आयोगको सदस्य बनाएका थिए । बराइली भक्तपुरका ठूला जग्गा कारोबारी भएकाले महेश बस्नेतले उनलाई मनोनीत गरेका थिए ।
कल्याण रोकाले बागी उम्मेदवारी दिएर रास्वपालाई जिताएपछि पराजीत भएका एमालेका उम्मेदवार दुर्गाकुमार थापा स्वस्तीले युुवा स्वरोजगार कोषमा हुँदा रोकाले उदयपुरका धेरैलाई ठगी गरेको उल्लेख गर्दै त्यस्तालाई नियुक्ति दिने एमाले अध्यक्ष ओलीलाई ‘महान काम गरेको’ भनेर ब्यंग्यात्मक टिप्पणी गर्दै लेखेका छन्–‘अन्ततः हामी सबैका बा केपी ओली सफल हुनुभएछ ।
बागमती प्रदेशमा एकेडेमिक योजनाकार नभेटेर खोटाङ खुतुम्बका देबरज रोका (उर्फ कल्याण रोका)लाई उपाध्यक्ष बनाउनुभएछ । उदयपुरका अनेक कार्यकर्ताको ठगी गरेर खातासमेत रोका गराउन सफल र उदयपुरमा एमालेका विरुद्ध बागी उम्मेद्बारी दिएर पार्टीको धज्जी उठाउने रोकाजीलाई इन्साफ गरेर एमालेको श्रीबृद्धि गर्नुभएकोमा नियुक्ति दिने महान कार्यमा संलग्न सबैलाई हार्दिक बधाई छ । मित्र कल्याणजीलाई हार्दिक बधाई छ । युवा स्वरोजगारमा उपाध्यक्ष हँुदा जस्तो ठगीको खबर सुन्नु नपरोस् !’
पत्रकार मोहन बाँस्तोलाले नियुक्ति पाउन्जेल एमाले हुने र नपाएपछि स्वतन्त्र हुने रोकाजस्तालाई पटक पटक अवसर दिंदा एमाले चाउरिएको उल्लेख गर्दै फेसबुकमा लेखेका छन्–‘२०८२ को निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र न १ का स्वतन्त्र उम्मेदवार बनेका डा. देवराज रोका (कल्याण रोका) चाइनाबाट विद्यावारिधि गरेको व्यक्ति हुन् ।
त्यो भन्दा केही समयअघि मात्रै उनले नेकपा (एमाले) को बाहुलीबाट युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष पदको नियुक्ति लिएका थिए ।
त्यो उनको नियुक्ति उनी भन्दा धेरै विज्ञहरुलाई ट्वाँ पारेर पाएको नियुक्ति थियो । नियुक्ति पाउन्जेल एमाले बनेका उनी त्यसपछि स्वतन्त्र भए । फेरि बाग्मती प्रदेश राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ति हुने वित्तिक्कै उनी सबैलाई उछिनेर इमानदार एमाले बने । उनी भन्दा विज्ञहरु फेरि ट्वाँ । हो, एमाले भन्ने पार्टी ‘किन चाउरी परिस मरिच आफ्नै राग’ ले भन्ने उखानसँग ठ्याक्कै मेल खाने किन भयो भन्ने उदाहरण मध्येका एक हुन कमरेड कल्याणहरु ।
कल्याणहको कल्याण विगतमा पनि यसैगरी हुने गरेकाले त्याग गरेका र समर्पित कार्यकर्ताले थाप्लोमा हात राखेर खुईखुई गर्नुपर्ने अनि पार्टीलाई आपत परेका बेला नेतृत्वले सुइसुई गरेर सिठ्ठी फुक्दा पनि बरु हुईहुई गरेर स्याल कराउला कार्यकर्ताले साथ नदिने अवस्था आएको हो । यस्ता कुरामा सुधार नहुनु भनेको हामी सच्चिएका छौँ भन्ने सन्देश कार्यकर्तामा नपुगेको हो । यति लेखेँ नरिसाउनु ल डाक्टर सा’ब । हुन्छ नि ?’
रोकाकै कार्यकालमा भएको कोषको ६७ करोड कर्जा लगानी जोखिममा, भाखा नाघ्दा पनि असुली भएन
देवराज रोका युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष हुँदा उनले जथाभावी लगानी गरेको भाखा नाघिएको ऋणवापतको रु ६७ करोड १९ लाख ६४ हजार असुल हुन सकेको छैन ।
महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।
कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म रू दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ । यी सबै कर्जा रोकाकै पालामा दिइएका थिए । रोकाले निश्चित प्रतिशत कमिसन लिएर जोखिमपूर्ण भए पनि लगानी गरेका कर्जा असुली गर्न नसकेको बताइएको छ ।
काठमाडौं । सरकारले नागरिकहरुलाई निशुल्क रुपमा प्रदान गर्ने ९८ प्रकारका औषधीमध्ये आइरन चक्कीलगायतका कतिपय औषधि स्थानीय निकायले नै खरिद गरी बितरण गर्ने ब्यवस्था छ...
सम्राट उपाध्याय काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार मध्यराति प्रहरीले नियन्त्रणमा लियो । ब्यवहारिक रुपमा जबरालाई पक्राउ गरिए पनि सैद्धान्तिक रुपमा सुरक्षा प्रदान गरेको दाबी...
काठमाडौ । दशैं नजिकिँदै गइरहेको बेला देशभरी मुख्यमुख्य सडक अवरुद्ध भएका छन् तर सडक विभागका महानिर्देशक डा. बिजय जैशी भने अबरुद्ध भएका सडक खुलाउन...
काठमाडौं । थाइल्याण्डका एक चर्चित भिक्षुमाथि बौद्ध धर्मावलम्बीहरुबाट बौद्ध मन्दिरमा प्रदान गरिएको ८९ मिलियन भाट (२६ लाखभन्दा बढी अमेरिकी डलर) हिनामिनाको आरोपमा त्यहाँको प्रहरीले...
काठमाडौं । बिज्ञ सल्लाहकारले आफन्त र विषयभन्दा बाहिरका ब्यक्तिलाई चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति सदस्य नियुक्ति गर्दा स्वास्थ्य तथा खाद्य स्वच्छता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend