Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अज्ञात रोगले मृत्यु हुनेको संख्या १२ पुग्यो


    आइतबार, बैशाख २१ २०७७
    790
    Shares
  • १ मिनेट पाठ
  • महोत्तरी, २१ बैशाख । आइतबार महोत्तरीमा अज्ञात रोगको कारण थप एक जनाको मृत्यु भएको छ। योसंगै दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सख्या १२ पुगेको छ।

    मृत्यु हुनेमा भंगाहा जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार नगरपालिका ७ का ५९ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको हो ।

     जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले महोत्तरीको बर्दिबास नगरपालिकाको वडा नम्बर १२ र भंगाहा नगरपालिकाको वडा नम्बर ७ जोडिएको यी दुई वस्तीमा विगत १० दिनमा अज्ञात रोगका कारण १२ जनाको मृत्यु बताए ।

    मृतक दनुवारको शव परीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने अनुमान गरिएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार